दफा २७
ट्रेड यूनियन विघटनको सूचना दिनु पर्ने
: (१) कुनै ट्रेड यूनियनको विधान बमोजिम विघटन गर्नु पर्दा त्यसको कारण खुलाई सम्बन्धित पदाधिकारीले पञ्जिकाधिकारीलाई सूचना दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विघटनको सूचना प्राप्त भएपछि पञ्जिकाधिकारीले त्यस्तो विघटन विधान बमोजिम भए नभएको कुराको जाँचबुझ गरी विधान बमोजिम विघटन भएकोमा मात्र त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र त्यसरी सूचना दर्ता भएपछि मात्र त्यस्तो ट्रेड यूनियन विघटन भएको मानिनेछ ।